ताजा समाचार

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा उद्घाटन

काठमाडौँ २९, असार । दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरे।

उद्घाटन समाहरोह लाइ सम्बोधन गर्दै उपराष्ट्रपति पुन ले खेलले एक अापसमा भात्रृत्व,बन्धुत्व लाई अझ बलियो बानाइ सिङगो देशको खेलजगत लाइ बिकास गर्ने यस्ता प्रतियोगिताले खेलकुद बिकासमा महत्वपुर्ण खेल्ने बताए।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताए।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ । यही असार ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगितामा रु ४० लाख खर्च हुने आयोजकले जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org