नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह
प्योङयाङ, ३१ असार । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ ।
गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए ।
हाल उत्तर कोरियाले निशस्त्रीकरणको पालना गरेको बताएको छ । यस विषयमा अमेरिकाले पनि सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।
यसैकारण उत्तर कोरियाले पनि आफूलाई विगतमा नाकाबन्दीका कारण विश्व समुदायबाट अलग्याउने प्रयत्न गरिएको भन्दै हाल आफूले निशस्त्रीकरणको विषयमा सिङ्गापुर वार्ताको पालना गरेको भन्दै आफूमाथिको नकाबन्दी हटाउन माग गरेको हो ।
आइतबार प्योङ्याङमा केही चिनियाँ अधिकारीसँगको भेटकाक्रममा उत्तर कोरियाली विदेशमन्त्रीले यो माग गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
यो प्रस्ताव उहाँले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग गत महिना भएको भेटका क्रममा पनि राख्नुभएको जापानी पत्रिका योमिउरी सिम्बुनले लेखेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग सो आग्रह गर्नुभएको जापानी पत्रिकाले आइतबारको संस्करणमा गत महिना दिइएको थियो ।
आफ्ना देशका विरुद्धको नाकाबन्दी हटाउनुपर्ने उत्तर कोरियाको माग रही आएको छ । यस विषयमा चीनको भने कुनै प्रतिक्रिया आएको छैन ।
यसअघि विश्वलाई नै धम्की दिनेगरी उत्तर कोरियाले एकोहोरोरुपमा अणुअस्त्र उत्पादनको काम गर्दै आएको थियो । त्यसपछि भने चीन मात्र नभएर संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाएका थिए ।
Comments
अरु समाचार
-
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २...
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
काठमाडाैँ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको...
-
पार्टी विभाजनविरुद्ध अदातल जाने तयारीमा जसपा, ११ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । पार्टी विभाजन भएप्छि पहिलोपटक आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...