अधिकारवादी र नेतालाई जेल हालेको विरुद्धमा प्रदर्शन
रवात, ३१ असार । अधिकारवादी र नेताहरुलाई जेल सजाय गरेको विरोधमा मोरक्कोमा व्यापक प्रदर्शन भएको छ ।
मोरक्कोको राजधानी रबातमा आइतबार भएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएको एएफपीले जनाएको छ । उनीहरुले ती अधिकारवादी र नेताहरुलाई जेलमुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो देशमा अदालतले नै अन्याय गरेको टिप्पणी पनि गरेको समाचारमा उल्लेख गरिएको छ ।
सन् २०१६ र २०१७ मा भएको अत्यन्त लोकप्रिय आन्दोलनको नेतृत्व गरेको अगुवा अल हिरक अल सावीका नेता र अधिकारकर्मीहरुलाई थुनामा राखिएको विरोधमा उनीहरुका समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
मोरक्कोको अदालतले यही जुन २६ मा हिरकका सदस्य र अधिकारकर्मीसहित ५३ जनालाई जेल सजायको फैसला गरेको थियो । उनीहरुलाई एक वर्षदेखि २० वर्षसम्मको जेल सजाय तोकिएको अधिकारीहरुले जनाएका छन् ।
आन्दोलनका नेता नासिर जेफ्जाफी र अरु तीन जनालाई २०÷२० वर्ष जेल बस्नु पर्नु फैसला अदालतले गरेको हो । जेल सजाय तोकिएकालाई मुलुकको कानून उल्लंघन गरेको, सुरक्षा व्यवस्थामा खलल पु¥याएकोलगायत अभियोग लगाइएको छ ।
अदालतको सो फैसलाको विरोधमा अधिकारकर्मीले नारा जुलुशसहित मोरक्कोको संसद् अगाडि प्रदर्शन गरेका थिए ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...