पीण्डेश्वर बोलबम–दर्शनार्थीको भीड
इटहरी ७,साउन । सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ ।
बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न भक्तजनको शिवालयमा भीड लागेको हो । विगतमा झैँ साउन महीनाको पहिलो सोमबार परेकाले हजाराँै हिन्दू भक्तजनले स्थानीय तलाउ, कुवा, पोखरी वा धाराबाट जल उठाई पिण्डेश्वर शिवालयमा चढाइरहेका छन् ।
त्यस्तै काँबरिया बोलबम तीर्थयात्रीले समेत बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पिण्डेश्वर शिवालयमा ल्याई चढाउने गरिएको पाइएको छ ।
उक्त शिवालयमा जलार्पणका लागि आउने हजारौँ स्थानीयवासी तथा चतरा बराहक्षेत्रबाट जल लिएर आउने बोलबम भक्तजनको सुविधाका लागि स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
आजै सोमबार ठूलो एकादशीसमेत परेकाले सम्पूर्ण हिन्दू नरनारीले घर घरमा तुलसी रोपेर भगवान् विष्णुको पूजापाठसमेत गरेका छन् ।
Comments
अरु समाचार
-
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ट्रफी परेड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र...
-
जनकपुरको विवाहपञ्चमी महोत्सव र बाराको गढीमाई मेलालाई व्यवस्थित बनाउने प्रदेश सरकारको तयारी
काठमाडौं । बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाइने भएको...
-
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण...
-
‘मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ’
काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
आजदेखि राजविराज महोत्सव
काठमाडौं । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय...
-
राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
राजविराज (सप्तरी)। राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा...