चिनियाँ राष्ट्रपति दक्षिण अफ्रिकामा
प्रिटोरिया, ८ साउन । चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार दक्षिण अफ्रिका पुग्नुभएको समाचार छ ।
उहाँ सोमबार दक्षिण अफ्रिकाका पुग्दा यहाँका उच्चस्तरीय अधिकारीहरुले प्रिटोरिया विमानस्थलमा विशेष तथा भव्य स्वागत गरेका थिए ।
दक्षिण अफ्रिकासँगको सम्बन्ध विकास र द्धिपक्षीय हितका विभिन्न एजेण्डाहरुमा छलफल गर्नका लागि उहाँ दक्षिण अफ्रिका पुग्नुभएको अधिकारीहरुले समाचारमा जनाएका छन् ।
दोस्रो पटकको कार्यकालको रुपमा गएको फेब्रुअरीमा कार्यकाल सम्हाल्नुभएपछि राष्ट्रपति चिनफिङ पहिलो पटक दक्षिण अफ्रिकाको भ्रमणमा आएका हुन् ।
यी दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष समारोहहरुमा उनी सहभागी हुने कार्यक्रम रहेको दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले जानकारी दिएको छ ।
दक्षिण अफ्रिका ओर्लिएपछि दिएका संक्षिप्त प्रतिक्रियामा राष्ट्रपति चिनफिङले गएको २० वर्षमा चीन र दक्षिण अफ्रिका बीचको सम्बन्ध निकै राम्रो विकास भएको बताए ।
हामीबीच २० वर्षअघि शुरु भएको सम्बन्ध आजका दिनमा आइपुग्दा राणनीतिक साझेदारीका रुपमा विकास भएको र आगामी दिनमा यसलाई अझ सुमधुर र सुदृढ बनाउदै लानुपर्ने धारणा उनले राखे ।
उनले राजनीतिक रुपमा आपसी पारस्परिक विश्वासका साथै सहयोग समन्वय, जनताबीचको सम्बन्ध र अन्य धेरै क्षेत्रमा पनि विश्वासिलो वातावरण निर्माण भएको पनि बताए ।
दक्षिण अफ्रिका चीनको सबैभन्दा ठूलो अफ्रिकी व्यापारिक साझेदार रहेको छ । त्यस्तै दक्षिण अफ्रिकाको पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ । यी दुई देशबीचको व्यापारिक साझेदारिता पनि आजका दिनमा बढ्दो रुपमा रहेको बताइन्छ ।
राष्ट्रपति चिनफिङले भन्नुभयो, हामीबीचको व्यापारिक तथा पारस्पारिक सम्बन्धको थप विकास गर्नुको साथै चीन अफ्रिका सहयोगसम्बन्धी बेइजिङमा हुने सम्मेलनका बारेमा पनि दक्षिण अफ्रिकी राष्टपतिसँग आफूले छलफल गर्नेछौँ ।
राष्ट्रपति चिनफिङ दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुनुहुने छ । सो सम्मेलन यही जुलाई २५ देखि २७ सम्म आयोजना गरिएको छ ।
त्यस सम्मेलनको समयमा उनले विभिन्न देशका राष्ट्रपतिहरुसँग पनि द्धिपक्षीय भेटावार्ताहरु गर्ने बताइएको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...