मधेशका मुद्दा अब राष्ट्रिय सरोकारका विषय बनिसके : प्रवक्ता श्रेष्ठ
काठमाण्डाै १२, साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताएका छन ।
आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकत्र्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले सबैको योगदान समृद्धि र विकासमा केन्द्रित हुनपर्छ भने । सो अवसरमा पार्टीका आधारभूत तह अब चाँडै एकिकरण हुने जानकारी पनि श्रेष्ठले दिए।
प्रवक्ता श्रेष्ठले भने, “मधेसका मुख्य मुद्दा ठम्याउनोस्, ती मुद्दाको सम्बोधनका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई घच्घच्याउनुहोस् ।” मधेशका सर्वसाधारण जनताको मुद्दा अहिले आफ्नो पार्टीले उठाएर सम्बोधन गर्न सके ठोस् उपलब्धि हुने उनको भनाइ थियो ।
राजनीति र अवसरसँग जोडिएका मधेशका धेरैजसो मुद्दा अब राष्ट्रिय सरोकारका विषय बनिसकेको श्रेष्ठको भनाइ छ । मुलुकको विकास र समृद्धिको अभियानको थालनी मधेशबाटै थालिए लक्ष्य छिट्टै भेटिने श्रेष्ठले बताए ।
अहिले संघीय, छ वटा प्रदेश र बहुसंख्यक स्थानीय तहमा पार्टीको नेतृत्वको सरकार भएकाले काम गरेर देखाउन उपयुक्त अवसर भएको श्रेष्ठले बताए। विपक्षी दललाई फु गरेर ढल्ने सरकारझै गरी अनावश्यक खोचे थाप्ने र बखेडा ओछ्याउने काममा नलागी रचनात्मक विपक्षीको भूमिका देखाउन श्रेष्ठले आग्रह गरे।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्य, जिल्लाका सबै स्थानीयतहमा तत्कालीन एमाले र माओवादी केन्द्रमा आवद्ध कार्यक्रता र जनवर्गीय संगठनका नेताको सहभागिता छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...