ताजा समाचार

नेपाल भ्रमण राष्ट्रपति सी जिङ पिङको तयारी

‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’

काठमाडौं १४, साउन । चिनियाँ राष्ट्रिपति सी जिङ पिङको नेपाल भ्रमणको तयारी शुरु भएको छ ।

चिनियाँ उपविदेशमन्त्री वाङ जुङको नेपाल भ्रमण राष्ट्रपति सी जिङ पिङको तयारीको रुपमा भएको उच्च स्रोतको भनाई छ ।

चिनियाँ उपविदेशमन्त्री वाङ जुङकै भ्रमणका क्रममा सरकारले चिनियाँ राष्ट्रपतिलाई निमन्त्रण पत्र पनि पठाएको छ ।

हिजो प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका चीनका उपविदेशमन्त्री वाङ जुङले आज नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

दुबै भेटमा चनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका विषयमा कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन् ।

नेपालका चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लिएर विभिन्न अड्कलवाजी भएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगै चीनका प्रधानमन्त्रीलाई समेत निम्ता दिएका छन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्तो पठाउँदै प्रधानमन्त्री ओलीले भनेका थिए– ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’ उनले भने– ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आँतुर छौं ।’

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र टा«न्जिट सन्धिलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको समेत बताए । उनले भनेका थिए– ‘सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धिलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं’ प्रधानमन्त्री ओलीले भनेका छन्– ‘हामी भूपरिवेष्टित देश भएकोले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’

उपविदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताएका छन् ।

यस अघि ६ दिने औपचारिक भ्रमणका क्रममा चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले असार ८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

आफ्नो भ्रमण सकेर फर्केपछि प्रधानमन्त्री ओलीले विमानस्थलमाचिनियाँ राष्ट्रपति सी जिङ पिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए ।

६ दिने चीन भ्रमण पूरा गरी स्वदेश असार १० गते स्वदेश फर्केका ओलीले विमानस्थलमा चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको उनको सचिवालयले जनाएको छ ।

भेटमा प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गरेका थिए ।

चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको प्रचण्डको भनाई थियो ।

प्रचण्डले उपमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन् ।

उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डले भेटमा भने, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ ।

अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा खुसी लागेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org