ताजा समाचार

आगलागीबाट रु दश लाख क्षति

राजविराज १४, साउन । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा आज बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ ।

स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तन र नगद जिन्सीसहित विभिन्न सरसामान जलेर नष्ट हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज तथा लहानबाट गएका बारुणयन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org