जिम्बाब्बेको राष्ट्रपतिमा मनांगाग्वा निर्वाचित, विपक्षीद्वारा नतिजा फर्जी बताउँदै अस्वीकार
काठमाडाैं १८,साउन । जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् ।
जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
कमाण्ड एकपटक फेरि एमर्सन मनांगाग्वाको हातमा आएको छ । १० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले भनेको छ मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत भोट हासिल गरेका छन् । यसैगरी विपक्षी उम्मेदवार नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत भोट पाए ।
मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबन्धनको प्रमुख मोर्गन कोमिचीले भने यस नतिजालाई फर्जी बताउँदै अस्वीकार गरेका छन् ।
जिम्बाब्बे चुनाव आयोगले भने निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।
नोभेम्बरमा ९४ वर्षीय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन भएको थियो । मुगाबेलाई पदबाट हटाएर तत्कालीन उपराष्ट्रपति मनांगाग्वा राष्ट्रपति बनेका थिए । यसबाट रुष्ट मुगाबेले आफ्नै पार्टी जानु पीएफका उम्मेदवार मनांगाग्वालाई चुनावमा नसघाएर विपक्षी उम्मेदवार चमिसालाई समर्थन गरेका थिए ।
३८ वर्ष अघि स्वतन्त्र भएको जिम्बाब्बेमा त्यतिबेलादेखि नै जानु पीएफ पार्टी सत्तामा छ ।
निर्वाचनको क्रममा राजधानी हरारेमा फैलिएको दंगा निर्वाचन परिणामपछि शान्त भएको छ । निर्वाचनको क्रममा भएको हिंसामा कम्तिमा ६ जनाको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...