दरबार हाइस्कूल भवन शिलान्यास
काठमाडौँ १८, साउन । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ ।
विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गरे।
ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्नेछ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्नेछन् । २० महिनाको अवधिमा करीब रु ८५ करोड लागतमा भवन बन्नेछन् ।
सो अवसरमा मन्त्री पोखरेलले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको बताए । उनले चीन सरकारले भूकम्पबाट क्षति भएका शैक्षिक एवं पुरातात्विक धरोहर पुनःनिर्माण गर्न २५ वटा परियोजनामा सहयोग गरेकामा विशेष धन्यवाद दिँदै भवन निर्माणपछि विद्यालय सम्पूर्णतामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
मन्त्री पोखरेलले तोकिएको समयमा विद्यालय भवन गुुणस्तरीयरुपमा तयार हुनेमा आफू विश्वस्त रहेको चर्चा गर्दै शैक्षिक उन्नयनमा दरबार हाइस्कूलको भूमिका अहम रहेको छ भने ।
नेपालका लागि चीनका राजदूत यु होङ्ले चीनले भूकम्पले क्षति पु¥याएका नेपालका संरचनालाई पुनःनिर्माण गर्न सहयोग गरेका २५ वटा परियोजनामध्ये हालसम्म दुई वटा सम्पन्न भएका, १७ वटा निर्माणाधीन अवस्थामा रहेका र छ वटाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।
उनले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको चर्चा गर्दै नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्व आएकामा चीन खुशी व्यक्त गर्दछ भने ।
विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा देशकै पहिलो विद्यालय स्थापना भएको थियो । शुरुमा विद्यालयमा पढ्न राणा प्रधानमन्त्रीले नै इच्छ्याइएको व्यक्ति हुनु पर्दथ्यो । विसं २००७ मा प्रजातन्त्र आएपछि जनताको छोराछोरीले विद्यालयमा प्रवेश पाएका थिए ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...