ताजा समाचार

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

काठमाडाैं २१,साउन ।  गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गरेका छन । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन  इन्डोनेसिया प्रस्थान गरेका छन  ।

यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपालसहित चीन, भारत, अष्टे«लियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय विभिन्न एजेन्सीहरु आइओएम, युएनएचसिआर र युएनओडिसीका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुँदैछन् ।

मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति, निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा ‘बाली प्रोसेस’को नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा त्यसतर्फ प्रस्थान गरे ।  साउन २३ गते स्वदेश फर्कने छन  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org