ताजा समाचार

जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने ? शंकाको घेरामा ‘ईन्काउन्टर’ !

काठमाडाैँ २३, साउन । महानगरीय प्रहरी अपराध महाशाखाले पेसेबर गुन्डालाई बाहेक गरेका अन्य दुई ईन्काउन्टर विवादित बनेका छन् ।

२०७४ साउन २३ मा ललितपुरका  युवक प्रवीण खत्री र यही साउन २१ सोमबार गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ईन्काउन्टर विवादमा परेको छ ।

भक्तपुरमा ११ बर्षीय निसान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएको गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफु पपुलर हुन मात्रै गरेको देखिन्छ ।

नेपाल प्रहरीले पछिल्ला बर्षमा मुम्बई इन्काउन्टर गुन्डालाई जहाँ देख्यो त्यहीँ गोली हानेर मार्ने जस्तै गर्न खोजिएरहेको छ ।

भारतमा प्रहरीले पेसेबर गुन्डालाई मात्र सफाया गर्न ईन्काउन्टर अभियान चलाउँदै आएको छ ।

तर नेपालमा पेसेबर गुन्डालाई मात्र ईन्काउन्टर गरिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org