ताजा समाचार

लगनखेलमा बम फेला, बन्दका कारण जनजिवन प्रभाबित

ललितपुर २९, साउन । विप्लप माअोवादीले आह्वान गरेको बन्दका कारण काटमाडाैँ उपत्यकाको  जनजिवन प्रभावित , लगनखेलमा बम फेला परेको छ ।

लगनखेलमा  बम राखिएको थाहा भएपछि नेपालि प्रहरि , नेपालि सेनाको बम डिस्पोजन टोलि को सक्रियतामा बम डिस्पोजल गरिएको कुनै किसिमको क्षति नभएको र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने आशंका प्रहरीको छ ।

विप्लव समूहले बन्द आह्वान गरेको दिन मंगलबार अन्य स्थानमा पनि बम भेटिएका छन् । ललितपुर प्रहरि प्रवक्ता प्रहरि नायक निरिक्षक नरेन्द्र चन्द ले न्युज-नेपाल संग कुरा गर्दै जानकारि दिए ।

सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

उता, रौतहटमा पनि शंकाष्पद वस्तु फेला परेकाे छ ।  चन्द्रपुर–५ स्थित पूर्व पश्चिम् राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको हाे ।

प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको आशंकामा निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org