ताजा समाचार

३ हजार उत्सव भत्ता विद्युत् प्राधिकरणका कर्मचारीलाई

काठमाडाैँ ३१, साउन । नेपाल विद्युत् प्राधिकरणको शुक्रबार ३३ औं वार्षिकोत्सवमा प्रत्येक कर्मचारीलाई ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ । ३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पु-याइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सञ्चालक समितिबाट निर्णय गरी ९ हजार कर्मचारीलाई उत्सवभत्ताबापत पौने ३ करोड रुपैयाँ दिइन लागिएको हो । आर्थिक वर्ष २०७३-७४ मा १ अर्ब ४६ करोड बराबर नाफा कमाउन सफल प्राधिकरणले भने गत आर्थिक वर्ष २०७४-७५ मा ९८ करोड कमाउन सफल भएको छ । प्राधिकरणले १ अर्ब १ करोड खुद मुनाफा रहेको जनाएपनि यो रकमा सामाजिक उत्तरदायित्वको १ करोड र बिमाको २ करोड रुपैयाँसमेत समावेश छ ।

अघिल्लो वर्ष २ खर्ब ४४ अर्ब ९६ करोड २० लाख बराबरको सम्पत्ति रहेको प्राधिकरणको सम्पत्ति बढेर २ खर्ब ८४ अर्ब ६५ करोड २० लाख पुगेको छ भने खर्च ८ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो वर्ष ४४ अर्ब ९८ करोड ५० लाख प्राधिकरणको खर्च रहेकोमा बढेर गत वर्ष ५२ अर्ब ६२ करोड १० लाख पुगेको छ । प्रसारणलाइनतर्फको खर्च अघिल्लो वर्ष १ अर्ब ८२ करोड २० लाख रहेकोमा ९.६६ प्रतिशत बढेर १ अर्ब ९९ करोड ८० लाख भने वितरणतर्फ ७ अर्ब ४ करोड १० लाख रहेकोमा ११ प्रतिशत खर्च बढेर ७ अर्ब ८२ करोड ८० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी प्रशासनतर्फको खर्च अघिल्लो वर्ष १ अर्ब ६० करोड १० लाख रहेकोमा ७ प्रतिशत बढेर १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org