ताजा समाचार

इसाई धर्मका अगुवाले गरे हिन्दु राज्य र राजतन्त्रको माग, उनमा यस्तो के प्रभाव पर्यो ?

काठमाडाैं ३१, साउन । इसाई समुदायका अगुवा तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य केबी रोकायले नेपाल हिन्दु राज्य हुनुपर्ने जनाएका छन् ।

बीबीसीको साप्ताहिक नेपाल सन्दर्भमा कुरा गर्दै नेपालमा राजसंसस्था र हिन्दु धर्मले मात्रै नेपालको अस्तित्व जोगिन सक्ने उनको ठम्याई छ ।

विगतमा आफूले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर गल्ती गरेको जनाएका छन् । ‘धर्म निरपेक्षता र गणतन्त्र’ नेपाल र नेपालीको एजेन्डा नभएको निचोडमा विगत तीन वर्षयताको अध्यनपछि मात्र आफूले बुझेको जनाएका छन् ।

उनी भन्छन्, “राष्ट्रिय एकता र अखण्डताको निम्ति कुनै न कुनै रूपमा राजतन्त्र र सबै धर्मको रक्षा एवम् समाजलाई सही बाटोमा हिँडाउन नेपालको सन्दर्भमा हिन्दू राज्य पुनर्स्थापना जरुरी छ।”

अहिले विश्वभर धार्मिक सांस्कृतिक अतिक्रमण भईरहेको भनेर चाैतर्फि आवाज उठिरहेका बेला उनले यसरी अभिव्यक्ति दिनुमा केहि रहस्य लुकेको हुन सक्ने धार्मिक नेताहरुले जनाएका छन् ।

आफू क्रिष्टिचियन धर्ममा नै विश्वास गर्ने मानिस भएपनि हिन्दु धर्म र राजतन्त्र चाहिन्छ भन्नुले नेपालमा वाह्य शक्तिले पुन: कुनै खालको गतिविधि सुरु गर्नका लागि गरिएको प्रयोगका रुपमा समेत बुझिएको छ ।

यस्तै, उनी राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य समेत हुन् ।

बीबीसीसं गरिएको कुराकानी:-

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org