नेपालले जलवायु परिवर्तनको असरको क्षतिपुर्ति दाबी गर्ने
काठमाडाैँ ३१, साउन । नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा आफ्नो नगन्य योगदान रहेको भए पनि त्यसको असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेकामा अन्तर्राष्ट्रिय फोरममार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले त्यसको क्षतिपूर्ति दाबी गरिने बताए ।
नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा नाम आउनु बिडम्बनापूर्ण रहेको चर्चा गर्दै त्यसारे विश्व समुदायले गम्भीर भएर सोच्नुपर्ने बताए ।
‘ग्लोबल वार्मिङमा हाम्रो योगदान ज्यादै नगण्य छ’, मन्त्री बस्नेतले भने, ‘तर, त्यसबाट प्रभावित मुलुकको सूचीमा नेपालको नाम अग्रस्थानमा छ ।’
जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमालयमा हिउँको तह पातलिँदै जानुका साथै वर्षायाममा पहाडमा पहिरो तथा भू–क्षय र तराई क्षेत्रमा बाढीको प्रकोप बढ्दै गएको उल्लेख गरे ।
यस्तै वन्जयन्तुको बासस्थान लोप हुँदा मानव वन्यजन्तु द्वन्द्व बढेको उनको भनाइ थियो । ‘यस्ता विषयमा हामी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन चाहन्छौं’, उनले भने, ‘बेलायतले नेपालको विषयमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइदेओस् ।’
जलवायु परिवर्तनका कारण संसारभर मानिस, जनावर तथा वन्यजन्तुको जीवनशैली तथा आनिबानीमा आमुल परिवर्तन आइरहेको तथ्यलाई ध्यान दिँदै असर न्यूनीकरणका लागि गर्ने प्रयासहरुको प्राथमिकता निर्धारण गरी योजनाबद्ध रुपमा काम गरिनुपर्नेमा उनले जोड दिए ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले बृहत्तर वृक्षारोपण तथा वातावरण संरक्षणको दिर्घकालिन योजना निर्माण गरेर काम थालेको पनि सो अवसरमा मन्त्री बस्नेतले बताए ।
राजदूत मोरिसले नेपालले वन्यजन्तु संरक्षणका क्षेत्रमा हात पारेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको चर्चा गरे । उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा आफ्ना दुई छिमेकी भारत तथा चीनसँग सहकार्य गर्न नेपाललाई बेलायत सरकारले सुझाव रहेको बताए ।
वन्यजन्तुको अवैध कारोबार तथा निकासी रोक्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै राजदूत मोरिसले आफ्नो सरकारले वन्यजन्तुको अवैध कारोबारमा प्रयोग भइरहेको आर्थिक स्रोतको खोजी गरिरहेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तो रकम कहाँबाट भित्रने गरेको छ भन्नेबारे तथ्य संकलन गर्न सुझाए ।
त्यस अवसरमा राजदूत मोरिसले आगामी ११ र १२ अक्टुबारमा लण्डनमा हुने ‘वन्यजन्तुको गैरकानूनी व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर सहभागी भइदिन मन्त्री बस्नेतलाई निमन्त्रणासमेत दिए ।
Comments
अरु समाचार
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...