प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने
महेन्द्रनगर, धनुषा ३१, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउने जानकारीसमेत दिइयो ।
धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उनीहरु दुवै जना धनुषा आउने कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपश्चात् धनुषाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जाने ने क पा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताए ।
प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नं १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसकेका छन् ।
नेता साहले पार्टीभित्र अन्तर विरोध हुनु स्वभाविक भएको बताउँदै अहिले नेकपामा कुनै गुटउपगुट नरहेको दाबी गरे । उनले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीको सदस्यको बारेमा निर्णय गरी केन्द्रमा पठाउने जानकारी दिए ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...