ताजा समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री स्वराजबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ १, साउन ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धबारे छलफल हुनाका साथै यही भदौ १४ र १५ गते काठमाडौँमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)को चौथो शिखर सम्मेलनबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको असामयिक निधन भएकामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट मन्त्री ज्ञवालीले हार्दिक समवेदना व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको समवेदना सन्देश पनि उनले भारतका विदेशमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org