ताजा समाचार

किन जादै छन ? आज नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड एकसाथ मधेश

काठमाडाैँ २, साउन ।   नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड शनिबार पहिलोपटक एकैसाथ जादै छन् । जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड धनुषा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले स्मृतिसभालाई सम्बोधन गर्नुअघि शनिबार बिहान ११ बजे प्रदेश नं. २ को प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहान साढे १० बजे जनकपुर विमानस्थलमा आएर प्रधानमन्त्री ओली सिधा प्रदेशसभामा जानुहुने छ । प्रदेशसभामा नलाई भव्य स्वागत गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने हुँदा अनिवार्य उपस्थितिका लागि प्रदेश २ का सबै सांसदलाई म्यासेज पठाइएको सभामुख सरोज यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भव्य स्वागत गर्न जनकपुर विमानस्थलदेखि प्रदेशसभासम्म ५ वटा स्वागत गेट निर्माण गरिएको छ ।

प्रदेशसभामा सम्बोधनपश्चात ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन दाल,भात, तरुवा, तरकारी, करही बरी र माछालगायत खाना खुवाएर पनि स्वागत गर्ने तयारी रहेको सभामुख यादवले बताए । ओली र प्रचण्ड पहिलो पटक यादवको स्मृतिसभालाई संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org