ताजा समाचार

प्रधानमन्त्री ओलीको सम्बोधन, राजपाका सांसदद्वारा बहिस्कार

जनकपुर २, भदाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रदेश नम्बर २ का संसदमा सम्बोधन सुरु गरेका छन् ।  यद्यपी उनको सम्बोधन चल्दै गर्दा राजपा नेपालका सांसदहरुले भने   विरोध गरेका छन् ।

सांसद  रेशम चौधरीलाई थुनामा राखेको, संविधान संशोधन नगरेको, ओली मधेस मैत्री नभएको लगायत आरोप लगाउँदै राजपाका सांसदहरुले विरोध  गरेका हुन् ।

विरोधका बीच सभामुखले  ओलीलाई सम्बोधन गर्न दिएपछि राजपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

यसअघि  ओली जनकपुर विमानस्थलमा  पुग्दा राजपाका मन्त्री जितेन्द्र सोनल बाहेक अरु मन्त्री अनुपस्थित थिए ।

ओलीलाई स्वागत गर्न सबै मन्त्रीहरु विमानस्थल  जाने प्रदेश मुख्यमन्त्री लालबाबु राउतको आग्रहविपरित राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहेका हुन् ।

ओलीको स्वागतमा फोरमबाट मुख्यमन्त्री बनेका राउतसहित सबै मन्त्री तथा राज्य मन्त्री विमानस्थल पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org