कप्तान मेस्सी र कौटिन्होको गोलले बार्सिलोनाको शानदार जीत
काठमाडाैं ३, साउन । लियोनल मेसी र फिलिप्स कौटिन्होको गोलबाट ला लिगा फुटबलमा साबिक बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ३ – ० ले हराउँदै बार्सिलोनाले सिजनको शुखद सुरुवात गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेसीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे।
क्याम्प नाउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनाले सहज जित निकालेको हो।
खेलको ६४ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै कप्तान मेसीले बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले लिगमा डेब्यु गरिरहेका अार्थरको पासमा गोल गरेका थिए ।
खेलको इन्जुरी समयमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३ – ० को सहज जित हात पार्दै लिगमा ३ अंक जोड्यो।
अलाभेसविरुद्धको जितसँगै बार्सिलोनाले क्लब इतिहासमा ६ हजार गोलको कोशेढुंगा पार गरेको छ।
सिजनको पहिलो खेलमै तीन गोल गरेको बार्सिलोनाले विपक्षीको पोष्टमा ६ हजारौं गोल गर्न सफल भएको हो। बार्सिलोनाका लागि ६ हजारौं गोल कप्तान मेसीले गरेका हुन्।
Comments
अरु समाचार
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...