एसियाडमा नेपाल पाकिस्तानसँग पनि पराजित
इन्डोनेसिया । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा नेपालको २३ वर्षमुनिको टिम पाकिस्तानको २३ वर्षमुनिको टिमसँग २-१ ले पराजित भएको छ ।
इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा खेलको १२ औं मिनेटमा नै आत्मघाती गोल उपहार पाएर अग्रता बनाएको नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।
पाकिस्तानका लागि खेलको ५४ औं मिनेटमा बिलाल मुहम्मदले गोल गरेर बराबरी बनाएका थिए । ७२ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै सद्दाम हुसैनले विजयी गोल गरे ।
पहिलो हाफमा पाकिस्तानलाई दबावमा राखेको नेपालले दोस्रो हाफमा सामान्य गल्ती गर्दा पराजित हुनुपर्यो ।
६८ प्रतिशत समय बलमा नियन्त्रण राखेपनि नेपालले गोल गर्न सकेन । खेलमा नेपालले १५ प्रहार गरेकोमा ४ प्रहार पोस्टको दिशामा थियो । पाकिस्तानले प्रहार गरेका १२ प्रहारमा ५ प्रहार पोस्टको दिशामा रहेको थियो ।
आइतबार नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेनन् ।
सन् १९८२ को एसियाली खेलकुदका बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको छैन । त्यसबेला पहिलो खेलमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । अहिलेसम्म एसियाली खेलकुदमा नेपालले खेलेका १८ खेलमा ७० गोल खाइसकेको छ ।
यसअघि पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० ले हारेको थियो ।
पाकिस्तानसँगको हारपछि समूह ‘डी’ मा रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...