‘सिलिन्डर युगको अन्त्य निश्चित’,सवा चार लाख घरमा गोबरग्यास
काठमाडाैँ ६,भदाै । प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।
विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो ।
गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पु-याइएको छ ।
मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ । ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’
तर, प्रधानमन्त्रीले दाबी गरेजस्तै गोबरग्यास प्रविधि नेपालमा नौलो होइन । मुलुकभर अहिलेसम्म चार लाख २० हजार परिवारले गोबरग्यास प्लान्ट
जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको शुरुवात भएको ६३ वर्ष र परियोजनाकै रुपमा गोबरग्यास प्रवद्र्धनको ३ दशकभन्दा बढी भइसकेको छ । ‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताए ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...