ताजा समाचार

इद मनाउने क्रममा महोत्तरीमा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा दुई राउण्ड अश्रुँग्यास प्रहार

महोत्तरी६, भदाै ।    महोत्तरीमा बकर इद मनाउने क्रममा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।

लोहारपट्टी नगरपािलका–३, महदैयाचोकमा रहेको मस्जिदमा इमान चढाउने विषयमा विवाद हुँदा झडप भएको हो । अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रुँग्यास प्रहार गरेको छ ।

प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रुँग्यास प्रहार गर्नु परेको बताएको छ । अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org