टुङगायो नेकपाले ६६ जिल्लाको भागबण्डा,कस्ले कहाँ गर्दैछ नेतृत्व ? (सूचीसहित)
काठमाडौं ६, भदौ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा विवाद भएका कारण प्रदेश कार्यदललाई बिहीबारसम्मको समय दिइएको छ ।
बिहीबारसम्म पनि तलबाटै सहमति भएर नआए केन्द्रीय सचिवालयले माथिबाटै विवादित जिल्लाको नेतृत्व चयन गर्ने स्रोतले जनाएको छ ।
नेकपाका ७ वटा प्रदेश कार्यदलमध्ये अधिकांशले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेका छन् ।
गण्डकी प्रदेशले भने जिल्लामा सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि तत्कालिन एमाले र तत्कालिन माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरेको छ ।
हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा टुंगिएको छ । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा अध्यक्ष पाएको छ भने तत्कालिन माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा अनौपचारिक रुपमा भए पनि औपचारिक रुपमा सिफारिस गरिएको छैन ।
प्रदेश १ : प्रदेश १ मा एमालेले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, स’नसरी, भोजपुरको नेतृत्व पाउने समझदारी भएको छ । माओवादीले संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा नमिलेका कारण कार्यदलले सिफारिस गर्न सकेको छैन ।
प्रदेश २ : प्रदेश २ का सप्तरी, धनुषा, सर्लाही र पर्साको नेतृत्व एमालेले पाउने र महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्व माओवादीले पाउने समझदारी भएको छ ।
प्रदेश ३ : प्रदेश ३ मा मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीका नेतृत्व तत्कालिन एमालेले पाउने सहमति भएको छ । माओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटीको नेतृत्व पाउने भएको छ ।
प्रदेश ५ : प्रदेश ५ मा एमालेले रुपन्देही, अर्घाखाँची,गुल्मी,पाल्पा, कपिलवस्तु, प्युठान र दाङ जिल्लाको नेतृत्व पाउने भएको छ । माओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।
कर्णाली प्रदेश : कर्णाली प्रदेशका १० जिल्लामध्ये एमालेले ५ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउनेछन् । कालिकोट र मुगु कसले लिने भन्नेमा विवाद भएको छ । एमालेले दैलेखे, सुर्खेत, जुम्ला र डोल्पा लिने सहमति भएको छ ।
त्यस्तै माओवादीले जाजरकोट, सल्यान, रुकुम र हुम्लाको नेतृत्व पाउने सहमति भएको छ । माओवादीले कालिकोट र एमालेले मुगु लिएर सहमति हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।
प्रदेश ७ः प्रदेश ७ का ९ जिल्लामध्ये एमालेले कैलाली, बैतडी, अछाम,बाजुरा र डोटीको नेतृत्व पाएको छ । माओवादीले कञ्चनपुर,दार्चुला, डडेलधुरा र बझाउन जिल्लाको नेतृत्व पाउने भएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...