ताजा समाचार

प्रधानमन्त्री ज्यु केहि सिक्ने कि ! इमरान खानबाट

इमरान खानको घोषणाले दक्षिण एसियामा हलचल

काठमाडाै ६,भदाै ।  नेपालमा कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार छ । सरकार गठन भएको ६ महिना पुग्दा समेत जनताको पक्षमा प्रभावकारी काम हुन नसकेका कारण जनतामा निराशा फैलिइरहेको छ ।

समाजवादको नारा दिएको कम्युनिस्ट पार्टीको सरकारले कर मात्रै थोपरेको भन्दै आलोचना भइरहेको बेला संसारका समाजवादी र पूँजीवादी भनिने देशहरुलाई समेत टक्कर दिने गरी पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले नयाँ र अविश्सनीय खालका जनपक्षीय घोषणहरु गरिरहेका छन् ।

उनका घोषणाले विशेष गरी तेस्रो विश्वका देशका राजनीतिमा नयाँ नयाँ खालको भूकम्प नै जाने अवस्था सिर्जना भएको छ ।

पूर्व क्रिकेटर खानको पछिल्लो घोषणाले पाकिस्तानको सत्तामा विगत लमो समयदेखि तर मार्दै आएका परम्परागत शक्तिलाई समेत नराम्ररी झस्काइदिएको छ ।

पाकिस्तानमा हालैको निर्वाचनमबाट सबैभन्दा ठूलो दलका नेता बनेका इमरान खानले आफूलाई प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै महँगो हबेलीमा नबस्ने घोषणा गरेका छन् । उनी चाहन्थे आफ्नै निवासबाटै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने । तर, सुरक्षाको कारण देखाउँदै घरमा नै बस्न भने दिइएको छैन ।

यद्यपि उनका पछिल्ला घोषणाले पाकिस्तानको परम्परागत राजनीतिमा नयाँ धक्का दिएको छ । जुन नेपालको हकमा पनि प्रत्यक्ष रुपमा प्रभाव पार्ने खालको रहेको छ ।

लाखौं पाकिस्तानी अझै पनि गरीबीको रेखामुनि बाँच्न विवश रहेको अवस्थामा आफू प्रधानमन्त्रीका लागि बनाइएका महँगा हबेलीमा बस्न नसक्ने उनको भनाई छ ।

खानले बेलायती मोडलमा आधारित कल्याणकारी राज्य प्रणाली अवलम्बन गर्ने, कम खर्चिलो जीवनयापन गर्ने बाचासमेत पाकिस्तानी नागरिक र आफ्ना मतदातासमक्ष व्यक्त गरेपछि पाकिस्तानको परम्परागत सत्ताको केन्द्रमा दश रिक्टर स्केलको भूकम्प गएको छ ।

सरकारी ढुकुटीबाट अनुदानका नाममा रकम खर्चिने परम्परालाई बन्द गर्ने उनको बताएका छन् । विगतमा प्रधानमन्त्रीको नाममा ठूलो धनराशी खर्च हुने गरेको भन्दै त्यसलाई कटौती गर्ने उनले घोषणा गरेका छन् ।

करिब ३ खर्ब ५ अर्ब डलरको अर्थव्यवस्थामा भुक्तानी सन्तुलन कायम गर्ने क्रममा पाकिस्तानको केन्द्रीय बैंकले गत डिसेम्बरमा चार गुणाले आफ्नो मुद्राको अवमूल्यन गरेको थियो, जुन डलरको तुलनामा २० प्रतिशत कमी रहेको थियो । सन् २०१३ मा यस्तै परिदृश्य पाकिस्तानले आईएमएफबाट ६ दशमलव ७ अर्ब डलर ऋण लिनुपरेको थियो ।

पाकिस्तानको अर्थव्यवस्था ५ दशमलव ८ प्रतिशतले उकालो लागे पनि १३ वर्षयता सबैभन्दा तीव्र गतिमा पाकिस्तानको चालु खातामाथि दबाब परेको पाकिस्तानी सञ्चार माध्यमहरुको भनाइ छ ।

पाकिस्तानको केन्द्रीय बैंक संसारभर बढेको इन्धनको मूल्यका कारण सबैभन्दा बढी चिन्तामा रहेको छ । पाकिस्तानले आफ्नो कूल खपत गर्ने इन्धन मध्ये ८० प्रतिशत भन्दा बढी आयातबाट परिपूर्ति गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ का अनुसार प्रधानमन्त्रीमा खानको आगमनले सेयर बजारमा उछाल आएको छ । ऋणपत्रको बजार समेत बढेको छ ।

सेयर बजारको आकस्मिक बुलिस टे«न्डले पाकिस्तानी लगानीलाई समेत खुसी थपेको छ ।

‘लाखौं पाकिस्तानी अझै गरिबीको रेखामुनि छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि बनाइएको हबेलीमा बस्दा मलाई लज्जा हुनेछ,’ उनले मंगलबार गरेको सम्बोधनमा भने ।

उनले सबै सरकारी भवनहरूलाई जनताका लागि उपयोग गर्दै कम खर्चिलो जीवनयापन गर्ने घोषणा गरेका छन् ।

उनले बढी कर प्राप्त गर्न र मुलुकलाई अधिक प्रतिफल दिलाउनका लागि सरकारी संस्थालाई बलियो बनाउनुपर्ने घोषणा गरेका छन् ।

करदाताहरूको रकमको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री खानले नागरिकको कर रकमको अनावश्यक दुरुपयोग नहुने विश्वास दिलाएका छन् ।

जहाँ गरिबी बढेकै छ र समानता सहितको पाकिस्तान बनाउने हाम्रो ठूलो सपना पनि भताभुंग भएको थियो, अब त्यसो हुन दिइने छैन । उनले गलत क्रियाकलापलाई ठीक बाटोमा ल्याउने समेत वाचा गरेका छन् ।

अर्थव्यवस्थामा आमूल परिवर्तन सोचेजस्तो सजिलो नभएको समेत उनको भनाइ छ ।

मुद्रा संकट रोक्न र दशकौंदेखि जारी मुद्रास्फीति चक्रलाई समाप्त गर्नका लागि आवश्वयक दीर्घकालीन सुधारहरू लागू गर्ने काम कठिन हो, तर त्यो समस्याबाट पाकिस्तानलाई निकाल्ने उनको प्रतिवद्धता छ ।

सन् १९८० को दशकको अन्त्यमा आईएमएफबाट पाकिस्तानको १२ औं बक्यौताको माग गर्दै मुलुकको मुद्रामाथिको दबाब कम गर्नुुपर्ने देखिएको छ ।

पाकिस्तानमा अझै पनि कर नबुुझाउनेहरूको संख्या धेरै रहेकाले ती सबैलाई त्यसका लागि मानसिक रुपमा नै तयार पार्नका लागि पनि उनले ठूलै पापड पेल्नुपर्ने अवस्था छ ।

तर उनले घोषणा गरेका जति सबै कार्यान्वयन भए त्यसको बाछिटा नेपालमा पनि पर्ने स्वभाविक छ । किनकि समाजवादी भनिएको कम्युनिस्ट सरकारले केही गर्न नसक्ने उता कुनै पनि विचार नभएको भनिएको पार्टीका प्रमुखले जनताको पक्षमा धेरै गरे भने त्यसले पक्कै पनि प्रभावकारी प्रभाव पार्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org