ताजा समाचार

अष्ट्रेलियाका प्रधानमन्त्री ‘कू’ को शिकार !

एजेन्सी । प्रधानमन्त्री माल्कोम टर्नवेल मत सर्भेक्षणमा खराब प्रदर्शन, नजिकिदै गरेको निर्वाचन र एक कन्जरभेटिभ संसदको विद्रोहले पहिले दबाबमा थिए ।

ती दबाब थेगेका टर्नवेल हाल आएरु पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने धरासायी भए । यही कारणले उनले अष्टे«लियाको कार्यकारी पदबाट हात धुनुप¥यो ।

आन्तरिक पार्टी निर्वाचनमा वर्तमान अर्थमन्त्री स्कट मोरिसनले पूर्व गृहमन्त्री पिटर डटनलाई ४५–४० को भोटले जित टर्नवेलको पदको लागि अन्तिम प्रहार भएर आयो ।

पार्टी नेतृत्वमा परिवर्तन आएपछि उनको राजीनामाको आह्वान हुन थालिसकेको थियो ।

पछि पार्टी भित्रका बहुसंख्यक सांसदहरुले उनको राजीनामा सम्बद्धमा निर्वाचनको माग गरेपछि उनले यसमा सहमति जनाउन बाध्य भए ।

मत परिणाम टर्नवेलले पद छाडेका हुन् ।

मोरिसन टुरिजम अष्ट्रेलियाका पूर्व प्रबन्ध निर्देशक हुन् । उनले आप्रबासन लगायत सामाजिक सेवाजस्ता मन्त्रालय सम्हालिसकेका छन् ।

विदेश मन्त्री जुली बिशोफ पनि नेतृत्वको लागि उभिएकी थिइन् तर उनी अन्तिम चरणसम्म पुग्न सकिनन् ।

हप्ता लामो अव्यवस्थाको पटाक्षेप
शुक्रबारको भोटले अष्ट्रेलियाको राजनीतिक इतिहासको सबैभन्दा नाटकीय हप्ताको अन्त्य ग¥यो । मंगलबार डटनले झण्डै टर्नबुल विरुद्धको एक चुनौती हारेका थिए ।

टर्नबुलले पछि एक प्रमुख समर्थक गुमाए पछि मोरिसन र विशोफ डटनबिरुद्ध चुनावी दौडमा प्रवेश गरेका थिए ।

शुक्रबार मरिसनले जित हासिल गरेपछि डटनले आफ्ना प्रतिद्वन्द्वीलाई जितको बधाई दिए ।

“भावी दिनमा मेरो कर्तव्य भनेको स्कट मोरिसनप्रति पूर्ण निष्ठा प्रर्दशन गर्ने र आम निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्ने हुन्छ,” उनले भने ।

अष्टे«लियन राजनीतिको विगत एक दशक नेतृत्वविरुद्धको ‘कु’को शृङ्खलाले अंकित छ । यो अवधिमा तीन प्रधानमन्त्री पार्टीभित्रको विरोधी धारका कारण पदच्युत भए ।

यही कारण पछिल्लो समयका कुनै पनि अष्टे«लियाली प्रधानमन्त्रीले आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org