ताजा समाचार

बिमस्टेक सम्मेलनमा भारतसँग यस्ता २ सम्झौताको तयारी

काठमाडाैं ८,भदाै । आगामी भदौ १४–१५ मा हुन गइरहेको विमेस्टेकको चौथो शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा २ वटा सम्झौता हुने भएको छ।  रेल लाइन र ‘बल्क कार्गो’ सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए।

प्रधानमन्त्री भएदेखि नै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले भारत र चीन जोड्ने गरी रेल विस्तार हुने बताउँदै आएका थिए। यसअघि दुवै देशमा भएको भ्रमणका क्रममा पनि उनले उक्त कुरा उठाएका थिए।

त्यस्तै मोदी आउँदा भारतीय सहयोगमा निर्माण भएको पशुपतीस्थित धर्मशाला पनि उद्घाटन र हस्तान्तरण हुने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेको अवसरमा यस्तो सम्झौता गर्ने तयारी सरकारले गरेको हो।

श्रीलंकासँग पनि केही सम्झौता गर्ने तयारी सरकारले गरेको छ। श्रीलंकासँग ‘नेपाल–श्रीलंका थिङक ट्यांक’ गठन गर्ने सहमति हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बिमस्टेकमा नेपाल आउन लागेका श्रीलंकन राष्ट्रपतिको भ्रमण द्विपक्षिय समेत हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org