ताजा समाचार

डुंगा दुर्घटनामा वेपत्ता ५ मध्ये एकको शव फेला

रौतहट १०,भदाै ।  रौतहटको सदरमुकाम गौर नगारपालिका वडानम्बर ४ टिकुलिआ घाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परेकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना अझै बेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा ईशनाथ नगरपालिका औरैया टोलकी रुनादेवी रहेकी छन् । लालबकैया नदिको तिब्र बहावको कारण मृतक महिलाको शव ८ किमि टाढा भारतको पडरिया घाटमा आइतबार बिहान फेला परेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

डुंगामा सवार २६ मध्ये डुङ्गाका सह चालक गौर नपा ४ टिकुलिआका ओम प्रलास चन्दबन्सी, स्थानीय इन्दुदेवी, इशनाथ नपा औरैयाकी शान्ति देवी र १० बर्षकी उष्मा कुमारी बेपत्ता छन् ।

नेपाली सेना,सशस्त्र प्रहरी ,नेपाल प्रहरीको टोलिले हरएकाहरुको खोजी जारी राखेको छ ।

शनिबार साझ २६ जना सवार डुंगा लालबकैया नदिको पुलको पिलरमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org