ताजा समाचार

प्रकाण्डको बचाउ गर्दै बाबुरामले भने-पञ्चायतकालिन शैलिको हस्को आयो

काठमाडाैं १०,भदाै ।   नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेका छन् ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरेकोमा असन्तुष्टि जनाएका छन् ।

‘उनीहरुले लिएको बाटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको हस्को आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ भट्टराइृले भने, ‘विव्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org