ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी चढ्ने गाडीसहित भारतीय कमान्डो टोली काठमाडौंमा

काठमाडाैं ११, भदाै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सुरक्षा जाँच गर्ने भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेका छन्।

१३ सदस्य कमान्डो टोली काठमाडौं आएको हो। भारतीय वायु सेवाको विमानमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने ३ वटा गाडीसमेत काठमाडौं आइपुगेको छ। एक प्रहरी अधिकृतले भने,’हामीले उनीहरुसँग पनि समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइरहेका छाै।’

भदौ १४ र १५ गते हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ। सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

सबै सुरक्षा तयारी पुरा भइसकेको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज नेउपानेले बताए। डिआइजी नेउपानेले भने, ‘भरपर्दो सुरक्षा व्यवस्था मिलाइसकेका छौं। कुनै सुरक्षा चुनौती छैन। प्रहरीले सोमवार बिहान भिआइपीको सुरक्षाको लागि रिहर्सलसमेत गरेको छ।

चार वटै सुरक्षा निकायका २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org