ताजा समाचार

एसिया कप छनोट:ओमानविरूद्ध टस हारेको नेपाल ब्याटिङ गर्दै

काठमाडाैं १३,भदाै ।  ओमानसँग खेल्दै नेपालले एसीसी एशिया कप छनोट प्रतियोगिताको सुरूवात गर्दैंछ।

मलेसियामा आजदेखि सुरू हुने प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बायुमास ओभल मैदानमा टस हारेर ओमानविरूद्ध पहिले ब्याटिङ गर्नेछ।

नेपाल र ओमान डिभिजनस्तरका चिरप्रतिद्धन्द्धी हुन्। सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो।

पहिलो खेलमा ओमानविरुद्ध मैदान उत्रदा नेपाल शानदार सुरुवातको खोजीमा रहनेछ । तर, नेपाललाई सोचे जस्तो सहज छैन । किनकी ओमान पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।

पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन। एकदिवसीय क्रिकेटमा ६ पटक भिडे पनि नेपालले पछिल्लो पाँच वर्षयता ओमानलाई हराउन सकेको छैन। तर, ६ भेटमा नेपाल र ओमानले समान ३/३ पटक जित निकालेका छन् ।

पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न नसकेको नेपालले सन् २००२ को एसीसी ट्रफीमा ओमानलाई १०५ रनले हराएको थियो। त्यसको आठ वर्षपछि भिड्दा नेपाल ६ विकेटले विजयी भएको थियो।

अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो। त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ।

जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जुन खेललार्इ आइसीसीले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिएको छ।

एसिया कपमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।

छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन्  । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।  छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org