ताजा समाचार

कप्तान पारस ८ रनमा आउट,नेपाललाई दोस्रो झड्का

काठमाडाैं १३,भदाै ।   एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

१५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो । पारस ब्यक्तिगत ८ रन बनाएर आउट भए । यसअघि नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रनमा आउट भएका थिए ।

नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी छ । अहिले क्रिजमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुन रहेका छन् । ज्ञानेन्द्र आक्रामक खेल्दै अर्धशतक नजिक पुगेका छन् । ज्ञानेन्द्र ४४ रन बनाएर खेलिरहेका छन् ।

आफ्नो पहिलो खेलमा नै ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ ।

पछिल्लो समयमा नेपालमाथि ओमन हावी भएको देखिन्छ । नेपाल र ओमनबीच ५० ओभरको खेलमा ६ पटक भेट भएको छ । जसमा नेपाल र ओमनले समान ३-३ पटक जित हात पारेका छन् ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org