बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै
काठमाडाैं १३,भदाै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक आज बिहान बस्दैछ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।
त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।
बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि। के सिंहले गर्नुहुनेछ ।
यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ ।
बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुहुनेछ । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।
Comments
अरु समाचार
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान...
-
भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त...
-
पाँच प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...