ताजा समाचार

नेपालको चौथो विकेट गुम्यो, दिपेन्द्र सिंह ऐरी ९ रनमा आउट

काठमाडाैं १३,भदाै । ओमानविरूद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट गुमाएको छ।

चौथो विकेटका रूपमा ९ रन बनाएर खेलिरहेका दिपेन्द्र सिंह ऐरी आउट भए। उनले १६ बलको सामना गरेका थिए।  २२ औं ओभरको चौथो बलमा मोहम्मद नदिमको बलमा उनी आउट भएका हुन्। यसअघि तेस्रो विकेटका रूपमा १६औं ओभरको अन्तिम बलमा उपकप्तान मल्ल ४५ रन बनाउँदै आउट भए। लिस्ट ए मा १००० रन पुरा गरेका मल्लले ६० बल खेल्दै एक छक्का र चार चौका प्रहार गरेका थिए।

नेपालका कप्तान पारस खड्का व्यक्तिगत ८ रनको स्कोरमा आउट भए। २४ बल खेलेका उनी १५.५ ओभरमा ओमानी बलर लाचेताको बलमा एलबिडब्लुको धरापमा परे।

यसअघि पहिलो विकेटका रूपमा १५ बल खेल्दै ४ रन बनाए। सुबास खकुरेल आउट भएका थिए।

ओमानसँग खेल्दै नेपालले एसीसी एशिया कप छनोट प्रतियोगिताको सुरूवात गर्दैंछ।

नेपाल र ओमान डिभिजनस्तरका चिरप्रतिद्धन्द्धी हुन्। सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो।

पहिलो खेलमा ओमानविरुद्ध मैदान उत्रदा नेपाल शानदार सुरुवातको खोजीमा रहनेछ । तर, नेपाललाई सोचे जस्तो सहज छैन । किनकी ओमान पनि जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ।

पछिल्लो नतिजा हेर्दा ओमानविरुद्ध नेपालको प्रदर्शन उच्च छैन। एकदिवसीय क्रिकेटमा ६ पटक भिडे पनि नेपालले पछिल्लो पाँच वर्षयता ओमानलाई हराउन सकेको छैन। तर, ६ भेटमा नेपाल र ओमानले समान ३/३ पटक जित निकालेका छन् ।

पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न नसकेको नेपालले सन् २००२ को एसीसी ट्रफीमा ओमानलाई १०५ रनले हराएको थियो। त्यसको आठ वर्षपछि भिड्दा नेपाल ६ विकेटले विजयी भएको थियो।

अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो। त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ।

जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जुन खेललार्इ आइसीसीले अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता दिएको छ।

एसिया कपमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् ।

छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन्  । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।  छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org