ताजा समाचार

भुटानका प्रधानन्यायाधीश छिरिङ वाङचुक काठमाडौंमा

काठमाडाैँ १३,भदाै ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन बुधबार बिहान भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषद्का प्रमुख सल्लाहकार छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।

उनलाई नेपाल सरकारका उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

आजै दिउँसो साढे २ बजे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आइपुग्ने कार्यक्रम छ। विशिष्ठ पाहुनाको आगमनको समयमा आधा घण्टा विमानस्थलको नियमित उडान बन्द रहनेछ। यसअघि हिजो म्यानमारका राष्ट्रपति मिन्ट काठमाडौं आइपुगेका छन्।

हिजो युबि ७०८ विशेष विमानबाट म्यानमारका राष्ट्रपति मिन्ट काठमाडौं अवतरण गरेका हुन्।

राष्ट्रपति मिन्टलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभूवन विमानस्थलमा स्वागत गर्नुका साथै सेनाको एक टुकुडीले सम्मान गारत दिएको थियो।

मिन्ट आजै भगवान गौतम बुद्धको जन्मस्थली लुम्बिनी पुगेर विशेष पूजा गर्ने कार्यक्रम छ। सम्मेलनकै दिन अर्थात भोलि बिहान तीन मुलुकका सरकार प्रमुख नेपाल आइपुग्नेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुध चान ओ चा आउनेछन्।

पाहुनाहरू आउँदा बिहान साढे २ घण्टा बिमानस्थलका नियमित उडान बन्द रहने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org