ताजा समाचार

ट्रम्पको प्रश्न गुगललाई, ‘मूर्ख लेख्नेबित्तिकै मेरो तस्बिर सबैभन्दा पहिले किन आउँछ ?’

एजेन्सि । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गुगलमाथि उनको छवि खराब गरेको आरोप लगाएका छन् ।

अब उनी संसारको सबैभन्दा ठूलो सर्च इन्जिनविरुद्ध कारवाही गर्ने तयारीमा छन् ।

ट्रम्पले भनेका छन्, ‘जबदेखि उनी राष्ट्रपति बनेका छन् । मिडियाले उनीविरुद्धका विभिन्न खबर फैलाइरहेका छन् । यस्तै, मविरुद्ध नकारात्मक खबर सर्च गर्न गुगलले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।’

अमेरिकी मिडिया हाउसमा सिएनएन लगातार ट्रम्पको निशानामा छ । अब उनले गुगलप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । यस्तै केही दिनअघि अमेरिकी वेबसाइट यूएस टुडेले एक खबर प्रकाशित गरेको थियो जसमा बताइएको थियो, ‘यदि गुगलमा इडियट सर्च गरे सबैभन्दा पहिले डोनल्ड ट्रम्पको तस्बिर आउने गर्छ । यसबारे निकै बबाल भएको थियो ।’

ट्रम्पले विभिन्न ट्वीट गरेः

मंगलबार ट्रम्पले ट्वीट गरेका छन्, ‘ट्रम्प लेख्दा गुगल सर्चमा मेरा नकारात्मक खबर मात्र आउने गर्छन् । यो एक फेक न्यूज मिडिया हो । अर्को शब्दमा भन्नुपर्दा कम्पनीले मेरो र अन्य व्यक्तिविरुद्ध धाँधली गरिरहेको छ जसमा धेरैजसो खबर नकारात्मक छन् । यीमध्ये नक्कली सिएनएन सबैभन्दा शीर्ष स्थानमा छ । रिपब्लिकन, कन्जरभेटिभ र निष्पक्ष मिडिया सबै समाप्त भइसकेको छ । यी सबै अवैध हुन् ।’

Donald J. Trump

@realDonaldTrump

खबर लुकाएको आरोप लगाएः

दोस्रो ट्वीटमा ट्रम्पले भने, ‘ट्रम्प न्यूज सर्च गर्दा आउने ९६ प्रतिशत बढी नतिजामा राष्ट्रिय बामपन्थी मिडियाको हात छ, जुन निकै खतरनाक हो । गुगल र अन्य कम्पनीले कन्जरभेटिभको आवाज र खबर दबाइरहेको छ । यो राम्रो कुरा हो, उनीहरुले ती कुरालाई नियन्त्रित गरिरहेका छन् । यो निकै महत्वपूर्ण कुरा हो जसमाथि ध्यान दिइनेछ । ’

Donald J. Trump

@realDonaldTrump

Donald J. Trump

@realDonaldTrump

….results on “Trump News” are from National Left-Wing Media, very dangerous. Google & others are suppressing voices of Conservatives and hiding information and news that is good. They are controlling what we can & cannot see. This is a very serious situation-will be addressed!

ट्रम्पले गुगललाई महान कम्पनी बताइसकेका छन्ः

जुलाई सन् २०१८ मा मोबाइल फोन अपरेटिङ सिस्टमबारे गुगलविरुद्ध पाँच अर्ब डलरको जरिवाना लगाउने विषयलाई ट्रम्पले खण्डन गरेका थिए । उनले गुगललाई अमेरिकाको महान कम्पनी बताउँदै यसको बचाउमा उत्रिएका थिए । यद्यपी, अब गुगललाई नै निशाना बनाउँदै ट्रम्पले सोधेका छन्, ‘इडियट् (मूर्ख) लेख्नेबित्तिकै सबैभन्दा पहिले मेरै तस्बिर किन आउँछ ? यसको अर्थ यो हो कि हज्जारौं मानिसहरुले उनको तस्बिर इडियट्स शब्दसहित ट्याग गरेर अपलोड गरेका छन् । गुगलले यसमाथि नजर राख्नुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org