ताजा समाचार

६७ बलमा सागरले पूरा गरे अर्धशतक

काठमाडाैं १३,भदाै ।  मलेसियामा भइरहेको ओमान विरुद्धको खेलमा नेपाली खेलाडी सागर पुनले अर्धशतक पूरा गरेका छन् । उनले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । एसिया कपको छनोटका लागि अहिले नेपालले ओमानविरुद्ध खेलिरहेको छ । यो समाचार तया पार्दासम्म नेपालले ४ विकेट गुमाउँदै ४२ ओभरको खेल सकिदा १६२ रन बनाएको छ ।

नेपाल ओमानसँग ६ पटक भिडेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।

नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

सम्बन्धित सामाचार हेर्नुहोस

नेपाल भर्सेस ओमानः नेपालको १०० रन पूरा
नेपालको चौथो विकेट गुम्यो, दिपेन्द्र सिंह ऐरी ९ रनमा आउट
नेपाललाई तेस्रो झड्का,अर्धशतक बनाउन चुके ज्ञानेन्द्र
कप्तान पारस ८ रनमा आउट,नेपाललाई दोस्रो झड्का

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org