ताजा समाचार

कप्तान पारसले विकेटको खडेरि तोड्दै पहिलो विकेट

काठमाडाैं १३,भदाै ।   एसिया कप छनोट क्रिकेटमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले पहिलो विकेट गुमाएको छ ।

नेपालका लागि कप्तान पारस खड्काले पहिलो विकेट दिलाएका हुन् । पारसले अकिब इल्यासलाई १६ रनमा एलबीडब्लू आउट गराए । ओमनको ८ ओभरको खेल चलिरहंदा १ विकेटको क्षतिमा ३३ रन भएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।

नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे । उनले ८३ रन बनाए । उनले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका लागि ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए । आरिफ शेखले ३६ रन बनाए । उनले सागर पुनसँग मिलेर ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए ।

त्यस्तै नेपालका लागि करण केसीले विष्फोटक ब्याटिङ गरे । उनले १० बलमा २६ रन बनाए ।

मलेसियाको बायुमास ओभलमा जारी खेलमा ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भि्रज्लाल लिल्चेताले समान २-२ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org