बिमस्टेकका चार बिशिष्ट पाहुना आजै स्वदेश फर्कंदै
काठमाडाैँ १५,भदाै । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रपति÷प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने भएका छन् । अन्य २ पाहुनामध्ये १ भोलि र अर्का एक पर्सि फर्कने छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै ११ बजे फर्कने कार्यक्रम तय भएको छ । आन्तरिक राजनीतिका कारण हसिना समापनअगावै स्वदेश फर्कन लागेकी हुन् ।
म्यान्मारका राष्ट्रपति विन मिन्ट मध्याह्न चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा साढे चार बजे स्वदेश फर्कने तय भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने साँझ आठ बजे फर्कंदैछन् ।
बिहीबार काठमाडौं आइपुगेका मोदीले स्वदेश फर्कनुअघि पशुपतिमा निर्मित धर्मशाला उदघाटन गर्नेछन् । सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार कार्यक्रम छ ।
भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार आफ्नो देश फर्कने छन् ।
Comments
अरु समाचार
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...