ताजा समाचार

शासक बन्ने मोहमा चिप्लिए मन्त्री:थाई प्रधानमन्त्रीले आफै छाता ओढ्दा पोख्रेललाई भने चाहियो ओढाउने मान्छे !

काठमाडाैं १७,भदाै । अहिले सामाजिक संजाल लगायत अन्य इन्टरनेट माध्यममा खुवै सनसनी मच्चाइरहेको एउटा फोटो हो, परराष्ट्रमन्त्री ईश्वर पोखरेलको ।

किन उनको फोटोलाई लिएर नेपाली समाजमा यतिधेरै आलोचना भयो त ? उनलाई यसरी ट्रोलको सिकार किन बनाइयो त ? पो बिषय भने अलि फरक र शासकको शैलीलाई लिएर जोड्न थालिएको छ ।

आउनुहोस आज हामि तपाईँलाई याहि विषयको बारेमा केहि जानकारी दिन गइरहेका छाैं ।

 

विमस्टेक सम्मेलनमा विभिन्न मुलुकका सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री नेपाल आउने क्रम जारी रह्यो । यसैक्रममा विदेशी भीआईपीलाई एयरपोर्टमा सम्मान गर्न खटिएका थिए परराष्ट्रमन्त्री पोखरेल । विदेशबाट आएका पाहुनाको स्वागत सम्मान गर्दै पोखरेलले उनीहरुलाई नेपाल सरकारको निमन्त्रणा स्विकार गरेर आएकोमा खुशी व्यक्त गर्दै खुवै धमाकाका साथ सत्कारको काम भएकै थियो ।

सम्मेलन सफलतापूर्वक सम्पन्न भयो र विदेशी पाहुनाहरु फर्कने क्रम जारी रह्यो ।

यसैक्रममा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चाओचा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिउसोको १ः३० बजे पुगि सकेका थिए । उनको स्वागत/विदाईको कार्यक्रमका क्रममा यहि १५ गते थाई प्रधानमन्त्री गाडीबाट आोर्लेपछि उनको सम्मानमा खटिएको पोखरेलको टोली अगाडी बढ्यो तर माैसमको प्रतिकुलताले गर्दा झिसमिसे पानी पर्न थाल्यो ।

पानी परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले छाता ल्याए । थाई प्रधानमन्त्रीले आफैले छाता आोढेर हिड्न थाले तर नेपालका परराष्ट्रमन्त्री पोखरेललाई भने छाता आोढाईदिन अर्कै मानिसको सहायता चाहियो ।  यहि विषयलाई फोटो पत्रकारले फोटो उनीहरुको क्यामेरामा कैद गरिसकेका थिए ।

जव फोटो बाहिर आयो तव सुरु भयो मन्त्री पोखरेलको शेली र उनको रवैयाबारे टिकाटिप्पणी । तर, पोखरेलका प्रेस सल्लाहकार र उनका स्वकिय सचिवहरुले भने यो कुराको खण्डन गरेका छन् ।

घटना यस्तो केहि नभएर थाई प्रधानमन्त्रीको उचाई धेरै भएकाले उनलाई छाता आोढाउन समस्या आएकाले छाता आफैले आोढेको जनाउदै आएका छन् । तर, यसो फोटोमा हेर्दा भने त्यस्तो देखिदैन् । थाई प्रधानमन्त्री र नेपालका परराष्ट्रमन्त्री पोखरेलको उचाईमा त्यत्ति धेरै फरक भने देखिदैन् ।

यसले के कुरा स्पष्ट पारेको छ भने नेपाली राजीतिज्ञमा सेवक होइन शासकको भुत सवार भएको छ ।  अर्काको देशमा पाहुना बनेर आएका प्रधानमन्त्री आफैले छाता आोढेर यसरी हिड्नु सामान्य मानिएपनि उनी जनताको सेवकको रुपमा चिनिन्छन् नै ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org