ताजा समाचार

साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पछि

१८ ढाका (बंगलादेश) । साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पछि परेको छ ।

खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । नेपालका कप्तान विराज महर्जनले फल गरेका थिए ।

पाकिस्तानका हसन नविद बासिरले गोल गर्दै १-० गोलको अग्रता दिलाएका हुन् । अहिले नेपाल १-० गोलले पछि परेको छ ।

बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल जारी छ ।

खेलको सुरुवातीमै नेपालले आत्रमक खेल खेलेको थियो । तर, गोल गर्न भने सकेन । खेलको २३ औं मिनेटमा पाकिस्तानका खेलाडीले पाएको राम्रो अवसर चुकाउँदा अग्रता बनाउन सकेन । त्यस्तै, खेलको २४ औं मिनेटमा विमल घर्तीमगरले राम्रो बल निकालेका थिए ।

एकपछि अर्को आक्रामक खेल खेलको नेपालका लागि २५ औं मिनेटमा कप्तान विराज महर्जनले प्रहार गरेको बल पाकिस्तानका गोलकिपर युसाफ इजाज बुटले बचाए सहजै नियन्त्रणमा लिएका थिए ।

खेलको ३३ औं मिनेटमा नवयुग श्रेष्ठले पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन् । उनले पोलभन्दा केहीमाथि प्रहार गरेका थिए ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org