ताजा समाचार

पाकिस्तानको १३ औं राष्ट्रपतिमा आरिफ निर्वाचित

काठमाडाैँ १९,भदाै ।  पाकिस्तानमा १३ औं राष्ट्रपतिमा प्रधानमन्त्री इमरान खान नेतृत्वको तेहरिक–ए– इस्लाम पार्टीका नेता आरिफ अल्भी निर्वाचित भएका छन् ।   मंगलबार भएको निर्वाचनमार्फत अल्भी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको ४ सय ३० मतमध्ये आरिफ अल्भीले २ सय १२ मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमानले  १३१ मत प्राप्त गरेका छन् भने पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट चुनाव लडेका एजाज अहसनले  ८१ मत प्राप्त गरेका छन् । ६ मत खारेज भएको पाकिस्तानी सञ्चारमाध्यामहरुले जनाएका छन् ।

निर्वाचनमा संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदहरुले मतदानमा भाग लिएका थिए ।  निर्वाचित राष्ट्रपति अल्भी प्रधानमन्त्री इमरान खानका निकटस्थ र  पूर्व चिकित्सक समेत हुन् ।
अल्भीसँगै चुनावमा नवाज शरिफको पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमान र संसदमा तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट एजाज अहसनको उम्मेदवारी परेको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org