ताजा समाचार

वीरगञ्जमा पोखरीमा डुबेर २ बालकको मृत्यु

वीरगञ्ज २०,भदाै ।  वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई स्कुले बालकको मृत्यु भएको छ ।

स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो ।

बालकद्वयको शव बिहान स्थानीय सुकेश पटेलको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक अरविन्दकुमार साहले जानकारी दिए ।

वीरगञ्जको राधेमाईमा रहेको साउथ जोन स्कुलमा अध्ययनरत नितेश र स्थानीय राम सुरत मावि रामगढवामा अध्ययनरत सुदर्शन मंगलबार अपराह्न गर्मी छल्न पोखरीमा पौडी खेल्न गएको र त्यही बेलामा डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

उनीहरु दुवैजना अबेर रातिसम्म घर नपुगेपछि परिवारका सदस्यले खोजी शुरु गरेका थिए ।

दुवैको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पठाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org