ताजा समाचार

चार दिने भ्रमण पछि स्वदेश फर्किए प्रचण्ड, भने- भ्रमण फलदायी भयाे (भिदियो सहित)

 काठमाडौं २४ ,भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना हो ।’

उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए । ‘भ्रमण आर्थिक विषयमा पनि केन्द्रीत भयो’, उनले भने ।

मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसंगमा गरिएको जिज्ञासामा दाहालले ‘प्रधानमन्त्रीजीले जे भन्नु भयो त्यही’ हुने बताए ।

‘प्रधानमन्त्री ज्यूले जे भन्नु हुन्छ त्यहीँ अधिकारिक हो’, उनले भने, ‘गल्ती गर्दा चाहिँ मन्त्रीलाई कारबाही हुन्छ ।’

अर्को प्रसंगमा उनले आवश्यकता अनुसार पुरक बजेट आउन सक्ने पनि बताए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटवार्ता गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org