ताजा समाचार

किन बन्यो पेचिलो बिमस्टेक सैन्य अभ्यास ?, थाइल्याण्ड र भुटान पनि नजाने

काठमाडाैँ २५,भदाै । बिमस्टेक फोरम सम्वद्ध मुलुकका सेनाबीच आयोजना गरिएको संयुक्त सैन्य अभ्यासमा थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएका छन् । भारतको पूणेमा सोमबार (आज) बाट भदौ ३१ सम्म आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासमा बिमस्टेकमा आबद्ध थाइल्याण्ड र भुटानको सेनाले सहभागिता नजनाउने भएको हो ।

उक्त सैन्य अभ्यासमा भाग नलिने निर्णय नेपालले यस अघि नै गरिसकेको छ । नेपाली सेना निकट उच्च स्रोतका अनुसार नेपाल सहभागी नहुने भएपछि थाइल्याण्ड र भुटान सरकारले पनि अब्जर्भर मात्रै पठाउने र अभ्यासमा आफू सहभागी नहुने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा सैन्य अभ्यासमा सहभागीता हुनबाट नेपाली सेना पछि हटेको हो ।

सेनाबाट ५ अधिकृत सहित ३० जनाको सैनिक फौजलाई अभ्यासमा सहभागीताका लागि पठाउने तयारी थियो तर अभ्यासमा सहभागीता जनाए नेपालको परराष्ट्र नीति र सैनिक कूटनीतिक तथा राष्ट्रिय सुरक्षा नीति विपरित हुनेभ न्दै विज्ञहरुले चेतावनी दिएपछि सरकार बाध्य भएर पछि हटेको हो । नेपालको उक्त निर्णयपछि अन्य २ मुलुक थाइल्याण्ड र भुटानले पनि नेपालकै नीति अनुसार अभ्यासमा सहभागीता नजनाउने जानकारी बिमस्टेक सचिवालयलाई दिएको छ । अब नेपाल, भुटान र थाइल्याण्डले भाग नलिने भएपछि बिमस्टेक फोरममा आवद्ध भारत, बंगलादेश, श्रीलंका र म्यानमार गरी ४ मुलुकका सेनामात्रै सैन्य अभ्यासमा सहभागी हुने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org