ताजा समाचार

किमले पठाए दोस्रो भेटका लागि ट्रम्पलाई पत्र

काठमाडाैँ २६,भदाै ।  उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो भेटका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई पत्र पठाएका छन्।

ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले पत्र निकै हार्दिक र सकारात्मक रहेको बताएकी छन्।

‘पत्रको मुख्य उद्देश्य  अमेरिकी राष्ट्रपतिसँग अर्को भेटका लागि अनुरोध हो। जुन विषयमा हामी खुला छौं र त्यसको  प्रक्रियाको तयारी गरिरहेका छौं,’ स्यान्डर्सले भनिन्।

स्यान्डर्सले कोरियन प्रायद्वीपमा अनआणविकीकरण गर्न उत्तरको निरन्तर प्रतिवद्धता देखिने बताइन्।

उनले आइतबार प्योङयाङमा भएको लामो दूरीको क्षेप्यास्त्र नदेखाएर भएको सैन्य परेड पनि सद्भावको संकेत भएको बताइन्।

आइतबार उत्तर कोरियाले आफ्नो ७० औं स्थापना दिवस मनाएको थियो। जसमा क्षेप्यास्त्र प्रदर्शन गरिएको थिएन।  त्यो सैन्य परेडको राष्ट्रपति ट्रम्पले पनि प्रंशसा गरेका थिए।

यसअघि गत जेठमा पहिलो पटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको भेट भएको थियो। सिंगापुरमा भएको भेटमा दुई देशले चार बुँदे समझदारी गरेका थिए।

उक्त समझदारीमा  दुबै देशले जनताको शान्ति र समृद्धिको चाहनाअनुरूप नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका थिए।

कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने पनि समझदारी भएको थियो।

समझदारीमा  उत्तर कोरियाले २०१८ अप्रिल २७ मा दक्षिण कोरियासँग पान्मुन्जोम घोषणा दोहोर्‍याउँदै कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि प्रतिबद्ध जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org