साफ च्याम्पियनसिप: नेपाल र माल्दिभ्स आज भिड्दै
काठमाडाैँ २७,भदाै । बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आज दुबै सेमिफाइनल खेल हुँदैछन।
पहिलो सेमिफाइनलमा दिउँसो नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल भारत र पाकिस्तानबीच हुनेछ।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ। नेपाल समूह ए को विजेता तथा माल्दिभ्स समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।
अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाल माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ। उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलेको छ। माल्दिभ्सले सन् २००८ मा उपाधि जितेको थियो।
अर्को तथ्य के हो भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई हराउन सकेको छैन। तर यो पटक नेपाली टोलीले पहिलो खेल हारेर पनि उत्कृष्ट प्रदर्शन गर्यो। सही समयमा पुनरागमन र सही समयमा गोल गर्न सक्ने खुबी नेपाली टोलीले यस पटक देखाएको छ। तीन टिममात्र भएको समूहमा माल्दिभ्सले कुनै खेल जित्न सकेन भने कुनै गोल नै नगरी अन्तिम चारमा स्थान बनाएको हो। श्रीलंकासँग समान अंक भएपछि टसमा भाग्यमानी बन्दै माल्दिभ्सले नेपालसँगको सेमिफाइनल भेट पकका गरेको थियो।
समूह चरणमा नेपालले दुई खेलमा जित र एक हारको नतिजा निकाल्दा नेपालले ७ गोल गरिसकेको छ र नेपाल सर्वाधिक गोल गर्ने टोली समेत हो। नेपालका ६ फरक खेलाडीले गोल गर्दा विमल घर्ती मगरले दुई गोल गरिसकेका छन्।
यसले नेपालको जुनसुकै खलाडी पनि गोल गर्न सक्षम छन् भन्ने देखाएको छ।
साफ सुरु हुनुअघि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य पहिले सेमिफाइनल र त्यसपछि उपाधि भएको बताएका थिए। पाकिस्तानसँग पहिलो खेल हार्दा समेत नआत्तिएका बालगोपालले बाँकी दुवै खेल जितेर सेमिफाइनल पुग्ने आत्मविश्वास देखाएका थिए।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...