डा. भट्टराईलाई कालोझण्डा देखाउने ,यी हुन् नक्कली माअोवादी पीडितहरू
काठमाडाैँ १,असोज । पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईलाई शनिबार अमेरिकाको ड्यालस स्थित एक कार्यक्रममा सहभागि हुन जादै गर्दा केही नक्कली माअोवादी पीडितले कालोझण्डा देखाएका छन् ।
अाफूलाइ माअोवादी पीडित भएको दावी गर्दै आएका मध्ये एक भारतीय नागरिक दिनेश शर्मा लगायतका केहि युवाले नेपालका पूर्ब प्रधानमन्त्रीलाइ कालोझण्डा देखाएका हुन । मावली नेपालको धरानमा भएपनि उनी जन्मेको र हुर्केको भारतको मुम्बइ शहर हो । मुस्किलले नेपाली शव्द बोल्ने शर्मा टेक्ससमा अाफूलाइ ठूलै कांग्रेसी नेता हुँ भन्दै दावी गर्छन् । तर उनी नेपालको नागरिक समेत होइनन् ।
त्यस्तै तरुण दल अमेरिकाको अध्यक्ष बताउने तर ड्यालसको नेपाली समुदायमा असाध्यै भाँड पात्रका रूपमा चिनिएका ओम भट्टराई, सन्तोष बिष्ट, भरत अर्याल, साजन मुल्मी, विकास उप्रेती लगायत व्यक्तिहरुको अगुवाईमा डा. भट्टराई विरुद्ध नारा लगाउँदै कालोझण्डा देखाइएको थियो । जनसम्पर्क समिति अमेरिका नेपालको राजनीतिक दल नेपाली कांग्रेस निकटहरुको संस्था हो ।
जनसम्पर्क समिति अमेरिकाका महत्वपूर्ण पदमा रहेका पदाधिकारीहरु पनि कार्यक्रमस्थलमै उपस्थित थिए । तर उनीहरु भने डा. भट्टराईलाई कालोझण्डा देखाएर विरोध गर्ने कार्यक्रममा सहभागी भएनन् ।
डा. भट्टराई विरुद्ध नारा लगाउँदै विरोध गरिएको प्लेकार्ड समेत उनीहरुले बोकेका थिए । उनीहरुले विरोध गरिरहँदा भट्टराई र नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमी कार्यक्रमस्थलमा चुपचाप प्रवेश गरेका थिए ।
डा. भट्टराई विरुद्धको कालोझण्डा देखाउने र विरोध कार्यक्रममा जनसम्पर्क समितिकै नेताहरुको असहमति रहेको बुझिएको छ । सोही कारण च्याप्टर सभापति ज्ञानेन्द्र कार्की लगायतका नेताहरु कार्यक्रममै उपस्थित भएनन् भने भित्र हलमा डा. भट्टराईका धारणा सुन्न उपस्थित जनसम्पर्कका नेताहरु समेत बाहिर निस्किएनन् ।
जनसम्पर्क समितिका पदाधिकारीहरु भित्र अन्तरकृयामा डा. भट्टराईसँग बिभिन्न विषयमा जिज्ञासा राखेर सहभागी भएका थिए । कार्यक्रमपछि केही पदाधिकारीहरु डा. भट्टराई बसेको हायात होटलमा गएर छलफल गर्नुका साथै कालोझण्डा देखाउने प्रवृत्ति ठीक नभएको र आफ्नो संगठनको सहमति नभएको जानकारी भट्टराईलाई दिएका थिए ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्पन्न वृहद शान्ति सम्झौतामा पनि द्वन्द्वकालिन विषयलाई कहिँकतै नउठाउने भन्ने उल्लेख हुनुले पनि अब विगत कोट्याएर कुनै फाइदा नहुने जनसम्पर्क समितिकै नेताहरुको धारणा छ ।
पूर्ब प्रधानमन्त्री तथा माओवादी छाडेर हाल नयाँशक्ति पार्टी मार्फत राजनीति गर्दै आएका डा. भट्टराई जस्तो व्यक्तिलाई कालोझण्डा देखाएकोमा एनआरएनले समेत दुःख व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन गरिरहेका एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीले अभद्र व्यबहार प्रति दुःख व्यक्त गरेका थिए ।
डा. भट्टराईले भने मन्तव्यका क्रममा जुनसुकै परिवर्तन र क्रान्ति पीडादायी हुने रहेछ भन्दै व्यक्तिगत रुपमा परेको पीडाप्रति दुःख व्यक्त गरेका थिए ।
डा. भट्टराई अमेरिकामा रहेका नेपाली समुदाय तथा बिभिन्न क्षेत्रमा स्थापित अर्थविद्, योजनाकारहरुसँग नेपालको विकासका लागि के कस्तो मोडल उपयुक्त हुन्छ भन्ने बारेमा बुझ्न एक महिनाको भ्रमणका लागि आएका हुन् । उनले बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...