ताजा समाचार

भारतीय सेनाध्यक्षलाई विश्वप्रकाशको यस्तो प्रश्नः नेहरुले त माफी मागे ,नेपालबारे धावा बोल्ने को हाैँ तिमी ?

काठमाडाैँ २,असोज । भारतिय सेना प्रमुखले विमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासको समापन कार्यक्रममा नेपालबारे गरेको टिप्पणीको विषयमा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सेना प्रमुखले माफी माग्नु पर्ने जनाएका छन् । यस्तै, प्रवक्ता शर्माले आेलीलाई व्यङ्ग्य गर्दै ‘राज्य दुब्ला भए राष्ट्र मोटाउन्या है कमरेड’ भनेर प्रश्न  समेत गरेका छन् ।

भारतीय सेना प्रमुख विपिन राउतले भारतीय सेना प्रमुख बीपीन रावतले नेपाल भारत तर्फ ढल्कनै पर्ने भन्दै, नेपाललाई भारतको एक हिस्सा बन्न चेतावनी दिएका थिए । राउतले भनेका छन्, ‘चीनसँग पैसा छ र उनीहरु त्यसलाई लगानी गर्न चाहन्छन्’ उनले भने, ‘आज उनीहरुसँग आर्थिक सहयोग लिएका राष्ट्रले भोलि महसुस गर्नेछन् कि कुनै पनि कुरा सित्तैमा पाइँदैन ।’

यस्तो अभिव्यक्ति आएको केहि समय मै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय सेना प्रमुखको टिप्पणी गम्भीर रहेको भन्दै भारतीय सेना प्रमुख राउतलाई कुनै जमानामा नेहरुले समेत माफी मागेको कुरा स्मरण गराएका छन् ।

हेर्नुहोस् भनाईः

भारतीय सेनाध्यक्षको नेपाल टिप्पणी गम्भीर छ !

कुन दल के धारणा बनाउंछन् ,त्यो दोस्रो कुरा हो l नेपाल राज्यले हाम्रो साझा र प्रष्ट दृस्ठिकोण प्रष्ट भाषामा व्यक्त गर्न जरुरी छ ! हेक्का रहोस् उस जमानामा नेहरुले मागेका थिए माफी !

राज्य दुब्ला भए रास्ट्र मोटाउन्या है कमरेड !!!! pic.twitter.com/KBGur1TUq6

— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 17, 2018

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org